कञ्चनपुरमा ४ किलोभन्दा बढी चरेशसहित १ जना पक्राउ

२०८३ कार्तिक १३ बिहीबार ०६:५४:०० मा प्रकाशित

महेन्द्रनगर। कञ्चनपुरमा ४ किलो ३ सय २४ ग्राम चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको छबिसपाथिभरा गाउँपालिका-६ का ३५ वर्षीय सुरेन्द्रबहादुर बुढा रहेका छन्।

उनलाई बुधबार भीमदत्त नगरपालिका-४ बसपार्कमा रहेको न्यू खप्तड सैपाल होटलबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागुऔषध (चरेश)को कारोबार भइरहेको भन्ने सूचनाका आधारमा होटलमा चेकजाँच गरिएको थियो।

सो क्रममा बुढा बसेको कोठामा लुकाएर राखिएको अवस्थामा ४ किलो ३ सय २४ ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले बुढालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।