महाकाली प्रादेशिक अस्पताललाई १०० शय्याको बनाइने
कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले महाकाली प्रादेशिक अस्पताललाई १ सय शय्याको अस्पतालमा स्तरोन्नति गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले उक्त जानकारी दिएका हुन्।
नीति तथा कार्यक्रममा महाकाली अस्पतालसँगै सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई पनि १ सय शय्यामा स्तरोन्नति गरिने उल्लेख छ। यस्तै, पहाडी जिल्लामा रहेका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने नीति पनि प्रदेश सरकारले अघि सारेको छ।