कञ्चनपुरमा बहसकै क्रममा अदालतमै अधिवक्तालाई हृदयसम्बन्धी समस्या, भारत रेफर
कञ्चनपुर। उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा बहस गरिरहेका बेला एक जना अधिवक्तालाई अचानक हृदयसम्बन्धी गम्भीर स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
बिहीबार बहसकै क्रममा अधिवक्ता भक्तबहादुर धामीको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएपछि उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पु-याई प्रारम्भिक उपचार गरिएको हो।
चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि धामीलाई भारत लगिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले जानकारी दिए। उनका अनुसार धामीको अवस्था गम्भीर देखिएकाले विशेषज्ञ उपचारका लागि भारत रेफर गरिएको हो।