कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा २ दिने डिजिटल सीप तालिम सम्पन्न

२०८२ माघ १८ आइतबार ०७:४४:०० मा प्रकाशित

झलारी। शुक्लाफाँटा नगरपालिका-१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसले दुई दिने आधारभूत डिजिटल तथा डिजिटाइजेशन सीप तालिम सम्पन्न गरेको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

तालिममा क्याम्पसका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा स्ववियूका पदाधिकारीहरूको सहभागिता रहेको थियो। प्राध्यापकहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले माघ १६ र १७ गते डिजिटल तथा डिजिटाइजेशन सीप तालिम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्ट बताए।

उनका अनुसार तालिममा प्रोजेक्टर प्रयोग गरी कक्षा सञ्चालन गर्ने तरिकालगायत डिजिटल उपकरणको प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिइएको थियो। तालिममा डा. प्रकाशदत्त भट्टले सहजीकरण गरेका थिए। क्याम्पसले भविष्यमा पनि यस्ता प्रविधि र सीप विकाससम्बन्धी तालिमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।