सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त

२०८३ असोज २४ शनिबार ०८:४६:०० मा प्रकाशित

कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

विष्ट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास बार एसोसिएसनअन्तर्गत २४ वर्षदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका छन्। यसअघि मुख्य न्यायाधिवक्ता रहेका ठेकेन्द्रराज जोशीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। जोशीको राजीनामा स्वीकृत भएपछि रिक्त पदमा विष्ट नियुक्त भएका हुन्।