कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ
महेन्द्रनगर। कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। आइतबार बेलौरी नगरपालिका-७, टेडियाबाट खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय किशोर र लालझाडी गाउँपालिका-१, बिनाबारीका २६ वर्षीय राम जनम चौधरी रहेका छन्।
उनीहरूको साथबाट ४ ग्राम ७ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, भीमदत्त नगरपालिका-११ स्थित होल्डिङ सेन्टरबाट नियन्त्रित लागुऔषध टापेन्टाडोलका ८७ ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-१ का २१ वर्षीय दिक्षित साउँद रहेका छन्। तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।