शुक्लाफाँटामा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ५ जना पक्राउ
महेन्द्रनगर। कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्। आइतबार दिउँसो शुक्लाफाँटा नगरपालिका-११, कलुवापुरस्थित रोड साइड रेष्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय भोजबहादुर ऐरसहित ५ जना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
उनका अनुसार उनीहरूको साथबाट ३० हजार ४० रुपैयाँ नगद र ३ गड्डी तास बरामद गरिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिएको थियो।