खैरो हेरोइनसहित शुक्लाफाँटाका भण्डारी पक्राउ
महेन्द्रनगर। कञ्चनपुरमा लागुऔषध (खैरो हेरोइन)सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार शुक्लाफाँटा नगरपालिका-१ बन्साहका १९ वर्षीय यालिस भण्डारी पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले भण्डारीको घरमा तलासी गर्दा १३ ग्राम ९३० मिलिग्राम खैरो हेरोइन र नगद ३१ हजार ५०० रुपैयाँ बरामद गरेको थियो।