सशस्त्र प्रहरीमा कार्यरत बैतडीकी विनिता सम्पर्कविहीन
कञ्चनपुर। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी जवान विनिता बोहरा सम्पर्कविहीन भएकी छन्। बैतडीको डिलाशैनी गाउँपालिकाकी बोहरा बुधबारदेखि सम्पर्कविहीन भएकी हुन्।
बोहरालाई देख्ने वा उनको अवस्थाबारे जानकारी पाउने व्यक्तिलाई ९८६५९६४१६० र ९८४३२००५०७ नम्बरमा फोन गरी जानकारी गराइदिन परिवारले आग्रह गरेको छ।