कञ्चनपुरमा भन्सार छलेर ल्याइएका ५ लाख बढीका सामान बरामद
महेन्द्रनगर। कञ्चनपुरमा भन्सार छलेर भारतबाट ल्याइएका ५ लाख १७ हजार ९ सय ६० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। आइतबार जिल्लाका विभिन्न स्थानबाट बिडी, साइकलका पार्टपुर्जा तथा किरानालगायतका सामान बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको थियो। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद गरिएका सामान नियन्त्रणमा लिएको जनाएको छ।