बझाङमा ५ किलो १९५ ग्राम चरेशसहित युवक पक्राउ
कञ्चनपुर। बझाङमा ५ किलो १९५ ग्राम चरेशसहित एक युवक पक्राउ परेका छन्। आइतबार बित्थडचिर गाउँपालिका-८ स्थित बागथला बजारबाट दुर्गाथली गाउँपालिका-५ का ३० वर्षीय कटक जप्रेल पक्राउ परेका हुन्।
जयपृथ्वी राजमार्गमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाइछिपाइ राखिएको ५ किलो १९५ ग्राम चरेश फेला पारेपछि जप्रेललाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका जप्रेलमाथि जिल्ला प्रहरी कार्यालय बझाङले थप अनुसन्धान गरिरहेको छ।