बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ, ९२ लाख रुपैयाँ बरामद
काठमाडौं। धादिङमा त्रिशूली नदीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ परेका छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
‘उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको छ,’ थापाले भने।