कञ्चनपुर-२ मा कांग्रेस प्रदेशसभा सभापतिमा पाण्डेय र बोहरा विजयी

२०८३ असोज १४ बुधबार ०८:४७:०० मा प्रकाशित

कञ्चनपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर-२ का दुई प्रदेशसभा क्षेत्रमा भएको निर्वाचनबाट टिकेश्वरी पाण्डेय र दिपकराज बोहरा प्रदेशसभा सभापतिमा विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा प्रदेशसभा (क) सभापतिमा पाण्डेय निर्वाचित भएकी हुन्।

उनले १ सय ६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रमेश भाटले ८२ मत प्राप्त गरे। यस्तै, प्रदेशसभा (ख) सभापतिमा बोहरा विजयी भएका छन्। उनले १ सय ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी चित्रदेव भट्टले १ सय ५२ मत प्राप्त गरे।