कञ्चनपुरमा पूर्वमन्त्री तारिणीदत्त चटौत कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
कञ्चनपुर। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री तारिणीदत्त चटौत पराजित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस क्षेत्रीय अधिवेशनमा नेता चटौत पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचन लडेका थिए।
यो क्लस्टरमा १० जनाका लागि २१ जनाबीच प्रतिस्पर्धा भएको थियो। जसमा कुल खसेको मत ६ सय २५ मतमा यो क्लस्टरमा सर्वाधिक मत प्राप्त गर्ने बहादुरसिंह थापाले ४ सय २० मत ल्याएर विजयी हुँदा १० औं नम्बरमा २ सय ६४ मत ल्याएर विष्णुदत्त जोशी निर्वाचित भए। तर, पूर्वमन्त्री चटौतले २ सय ४३ मत मात्रै प्राप्त गर्न सके।