कञ्चनपुर क्षेत्र नम्बर २ का २८ वडामा कांग्रेस इतर समूहको अधिवेशन, सर्वसम्मत छानियो नेतृत्व

२०८३ असोज १५ बिहीबार १९:२५:०० मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का २८ वडामा नेपाली कांग्रेसको नियमित महाविधेशन पक्षधर संस्थापन इतर समूहको वडा अधिवेशन सम्पन्न भएको छ। 

यस क्षेत्रका ३० वडामध्ये २८ वडामा अविधेशनमार्फत सर्वसम्मत नेतृत्व चयन गरिएको छ। बाँकी २ वडामा शुक्रबार नेतृत्व टुंगो लगाइनेछ। वेदकोट नगरपालिका ९, शुक्लाफाँटाका १२ र कृष्णपुर नगरपालिका ९ वडा क्षेत्र नम्बर २ मा पर्छन्। 

वेदकोट नगरपालिका १ को सभापतिमा दान बहादुर ऐर, २ मा जानकी सिंह, ३ मा मदाराज पन्त, ४ मा इश्वरराज पन्त, ५ मा डम्बर प्रसाद पन्त, ६ मा किसन सिंह भण्डारी, ७ मा दिल्लीराज हमाल, ८ मा लक्ष्मी मल्ल, ९ मा कखड् पाल र १० मा गोविन्द नाथ सभापति चयन भएका छन्। 

शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ३ र कृष्णपुर नगरपालिकाको वडा नम्बर ६ मा वडा कार्यसमिति चयन गर्न बाँकी छ। यी दुवै वडामा शुक्रबार नयाँ कार्यसमिति चयन गरिने छ।

शुक्लाफाँटाको १ नम्बर वडामा डम्बर दत्त जोशी, २ मा प्रकाश दत्त भट्ट, ४ मा सुग्रील राना, ५ मा जयबहादुर कुँवर, ६ मा दान बहादुर खाती, ७ मा केशव ठगुन्ना, ८ मा प्रकाश कुमार भाट, ९ मा चन्द्रबहादुर थारु, १० मा केशवदत्त पन्त, ११ मा भीम बहादुर ऐर र १२ मा नैनसिंह साउँदको नेतृत्वमा वडा कार्यसमिति चयन गरिएको छ।

कांग्रेस कृष्णपुर नगरपालिका १ को वडा सभापतिमा धन बहादुर सावद, २ मा गोपाल भारती, ३ मा प्रकाश मल्ल, ४ मा धनराज गिरी, ५ मा इन्द्रबहादुर देउवा, ७ मा चन्द्रबहादुर रोकाया, ८ मा मिन बहादुर मडै र ९ नम्बर वडा कार्यसमितिको सभापति सुरेश बलायर बनेका छन्।