कञ्चनपुरमा खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

२०८३ कार्तिक ४ मंगलबार ०७:४५:०० मा प्रकाशित

महेन्द्रनगर। कञ्चनपुरमा खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको पिलिभितस्थित न्युरिया कलौनीका ३२ वर्षीय अमित हलदर रहेका छन्। उनलाई सोमबार साँझ भीमदत्त नगरपालिका-११ स्थित ब्यारल चेकपोस्टबाट पक्राउ गरिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका हलदरलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ०.१० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।