कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु
महेन्द्रनगर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
बिहीबार बेलौरी नगरपालिका-२, खैरेनीस्थित सडकमा युपि ३१ एस ८३१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भारतको लखिमपुर खिरी जिल्ला, थाना सम्पूर्णानगर-१ निवासी ६५ वर्षीय सतरोहन लाल यादवको मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।