कञ्चनपुरमा कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको ब्राउन सुगर, रामकृष्ण पक्राउ
महेन्द्रनगर। कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुर ‘अल्फा’को सहयोगमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। शनिबार साँझ भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलबाट वडा नम्बर १८ का २६ वर्षीय रामकृष्ण बराल पक्राउ परेका हुन्।
भारतको वनबासाबाट महेन्द्रनगरतर्फ पैदल आउँदै गरेका बराललाई शंका लागेर जाँच गर्ने क्रममा तालिमप्राप्त कुकुर ‘अल्फा’को सहयोगमा उनको मुखभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको साथबाट १.७८ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।